परिच्छेद – १ प्रारम्भिक

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ ः (१) यस ऐनको नाम “पानी जहाज दर्ता ऐन, २०२७” रहेकोछ

(२) यो ऐन नेपाल ………… भर लागू हुनेछ र जहाँसुकै रहेको भए तापनि यस
ऐनबमोजिम दर्ता भएको कुनै पनि पानी जहाज र सो पानी जहाजको धनी, नाविक र
कर्मचारीहरुलाई समेत लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा ः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “पानी जहाज” भन्नाले लाभका उद्देश्यले नौपरिवहन गरिएको भए तापनि वा
नभए तापनि नौपरिवहनको लागि सुहाउँदो जतिसुकै टनेज वा जुन सुकै वर्णनको
जलयान (भेसेल) सम्झनु पर्छ र यस शब्दले पाल, बहना, वाफ वा मोटरले चल्ने
जुनसुकै श्रेणी वा आकारको कुनै पनि जलयानको पेट (हल) नौतल (कील) रिगिंग
र उपकरणलाई समेत जनाउँछ ।
(ख) “व्यापारिक पानी जहाज” भन्नाले समुद्रबाट मानिस वा मालसामान ढुवानी गर्ने
वा माछा मार्ने, तान्ने वा समुद्रमा अरु कुनै प्रकारको नौपरिवहन कार्य सञ्चालन
गर्ने काममा प्रयोग गरिएको वा गरिने १० ग्रस रजिष्टर टन वा सो भन्दा बढी
पारवहन क्षमता भएको समुद्रयात्रा गर्ने पानी जहाजलाई सम्झनु पर्छ ।
(ग) “डुङ्गा” भन्नाले मानिस वा मालसामान ढुवानी गर्ने वा माछा मार्ने, तान्ने वा
पानीमा अरु कुनै प्रकारको नौपरिवहन कार्य सञ्चालन गर्ने काममा प्रयोग
गरिएको वा गरिने १० ग्रस रजिष्टर टनभन्दा कम पारवहन क्षमता भएको
नौपरिवहन यान (नेभिगेटि· क्राफट) सम्झनु पर्छ ।
(घ) “नेपाल पानी जहाज कार्यालय” भन्नाले दफा ४ को उपदफा (३) बमोजिम
स्थापना भएको नेपाल पानी जहाज कार्यालयलाई सम्झनु पर्छ ।
(ङ) “रजिष्ट्रार” भन्नाले यस ऐनको दफा ४ को उपदफा (३) बमोजिम नियुक्त भएको
रजिष्ट्रार सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेका नियममा
तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।