The existing website of Nepal Law Commission has been updated and launched from today. The updated website has various new features and hosted in a new server.
Some of the updated features are as follows:
The existing website of Nepal Law Commission has been updated and launched from today. The updated website has various new features and hosted in a new server.
Some of the updated features are as follows:
नेपाल कानून आयोग ऐन, २०६३ को दफा २२ अनुसार नेपाल कानून आयोगले आफूले वर्ष भरिमा गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नुपर्ने कानूनी व्यवस्था बमोजिम आर्थिक वर्ष २०६६/०६७ को वार्षिक प्रतिवेदन आज आयोगका अध्यक्ष श्री बावुराजा जोशीले माननीय कानून तथा न्याय मन्त्री श्री प्रेमवहादुर सिंह समक्ष पेश गर्नु भएको छ।
नेपाल कानून आयोगले, नेपाल कानून आयोग ऐन, २०६३ को दफा २२ बमोजिम आर्थिक वर्ष २०६५/०६६ को वार्षिक प्रतिवेदन आज माननीय कानून तथा न्याय मन्त्रीसमक्ष पेश गरेको छ। सो अवसरमा माननीय मन्त्रीज्यूले आयोगले कानून तर्जुमाको दिग्दर्शन तयार पर्ने र वेवसाइट निर्माण गरी ऐनहरु राख्ने जस्त दूरगामी महत्वका कार्यहरु गरेको कुरा सह्रानीय भएकोले आयोगलाई धन्यवाद दिनुभयो। साथै आगामी दिनहरुमा राष्ट्रलाई आवश्यक पर्ने र त्यसमा पनि तत्काल नबनाई नहुने कानूनहरु आयोगमार्फत बनाउनु पर्ने कुरामा जोड दिनु भयो। साथै आयोगलाई कानून तर्जुमा सम्बन्धी सरोकारवाला व्यक्तिहरुको साझा थलोको रुपमा स्थापित गर्ने सोचाई नेपाल सरकारको रहेको कुरा व्यक्त गर्नुभयो।