अध्यक्षको वहाली

नेपाल कानून आयोगका नवनियुक्त अध्यक्ष श्री माधव पौडेलले आज आयोगमा वहाली गर्नुभएको छ । पुर्व मन्त्री एवम् पुर्व कानून सचिव समेत रहनुभएका उहा कानून तथा न्यायको क्षेत्रमा विज्ञ हुनुहुन्छ । पद वहाली कार्यक्रममा आयोगका उपाध्यक्ष श्री भेषराज शर्मा, कानून सचिव श्री टेकप्रसाद ढुंगाना, नायव महान्यायाधिवक्ता श्री खगराज पौडेल, आयोगका सदस्य श्री विजया अर्याल, आयोगका का.मु. Read More …

आ.व. २०७१/७२ को वार्षिक प्रतिवेदन हस्तान्तरण

माननीय कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री श्री अग्नी प्रसाद खरेलज्यू समक्ष नेपाल कानून आयोगको आर्थिक वर्ष २०७१/७२ को वार्षिक प्रतिवेदन हस्तान्तरण गरियो । आयोगका तर्फवाट अध्यक्ष श्री उमेश चन्द्र झाले प्रतिवेदन हस्तान्तरण गर्नुभयो । ANNUAL REPORT 2072

चेक गणतन्त्रको प्रतिनिधिमण्डलद्वारा भेट

चेक गणतन्त्रको व्यवस्थापिकाको तल्लो सदन Chamber of Deputies का उपाध्यक्ष Mr. Vojtech Filip को नेतृत्वमा सो Chamber अन्तर्गतको संवैधानिक तथा कानूनी समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले नेपाल कानून आयोगका अध्यक्ष श्री माधव पौडेल, उपाध्यक्ष श्री भेषराज शर्मा लगायत संग मिति २०७३ असोज ०४ गते मंगलवार आयोगको कार्यालय नयाँ वानेश्वरमा भेट गरेको छ । उक्त भेटमा नेपालको Read More …

नया कानूनको मस्यौदा सुरु

नेपाल कानून आयोगले संविधान कार्यान्वयनका लागि आवश्यक नया कानून निर्माण प्रक्रिया सुरु गरेको छ । मौलिक हकको कार्यान्वयन, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायधीश र सर्वोच्व अदालतका न्यायाधीश, संवैधानिक निकायका पदाधिकारीको महाअभियोग सम्वन्धी कार्यविधि कानून, प्रदेश न्याय सेवा आयोगको गठन तथा काम कर्तव्य अधिकार र झुट्ठा अभिव्यक्ति दिनेलाई कारवाहीको दायरामा ल्याउने कानून मस्योदाको प्रक्रिया सुरु भएको छ ।
आयोगका अध्यक्ष श्री उमेश चन्द्र झाको संयोजकत्वमा प्रदेश न्याय सेवा आयोग गठन सम्वन्धी कानूनको मस्यौदाका लागि कार्यदल गठन भएको छ । त्यसैगरि, मौलिक हक कार्यान्वयनका लागि नया कानून मस्यौदाका लागि आयोगका उपाध्यक्ष श्री भेषराज शर्माको संयोजकत्वमा कानून मन्त्रालय, महान्याधिवक्ताको कार्यालय, नेपाल वार एशोसियशन लगायतका प्रतिनिधि सदस्य रहेका छन् । उपाध्यक्ष शर्माकै संयोजत्वमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायधीश र सर्वोच्व अदालतका न्यायाधीश, संवैधानिक निकायका पदाधिकारीको महाअभियोग सम्वन्धी कार्यविधि कानून मस्यौदाको कार्य सुरु भएको छ भने कानून मन्त्रालयका सचिव श्री टेक प्रसाद ढुंगानाको संयोजकत्वमा झुट्ठा अभिव्यक्ति दिनेलाई कानूनी दायरामा ल्याउने कानूनको मस्यौदाको काम सुरु भएको छ ।
Read More …

वार्षिक प्रतिवेदन पेश

नेपाल कानून आयोगको आर्थिक वर्ष २०७२-७३ को वार्षिक प्रतिवेदन माननीय कानून,न्याय तथा संसदीय मामिला मन्त्री श्री अजय शंकर नायक समक्ष पेश गरिएको छ । मिति २०७३ भाद्र ३१ गते शुक्रवार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष श्री माधव पौडेलले वार्षिक प्रतिवेदन माननीय मन्त्रीलाई पेश गर्नुभयो । प्रतिवेदन वुझाउँदै अध्यक्ष पौडेलले Read More …