चेक गणतन्त्रको प्रतिनिधिमण्डलद्वारा भेट

चेक गणतन्त्रको व्यवस्थापिकाको तल्लो सदन Chamber of Deputies का उपाध्यक्ष Mr. Vojtech Filip को नेतृत्वमा सो Chamber अन्तर्गतको संवैधानिक तथा कानूनी समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले नेपाल कानून आयोगका अध्यक्ष श्री माधव पौडेल, उपाध्यक्ष श्री भेषराज शर्मा लगायत संग मिति २०७३ असोज ०४ गते मंगलवार आयोगको कार्यालय नयाँ वानेश्वरमा भेट गरेको छ । उक्त भेटमा नेपालको संविधान, नेपालको कानूनी प्रणाली तथा न्यायिक प्रणालीको लगायतका विषयमा छलफल भयो ।