वार्षिक प्रतिवेदन पेश

१

नेपाल कानून आयोगको आर्थिक वर्ष २०७२-७३ को वार्षिक प्रतिवेदन माननीय कानून,न्याय तथा संसदीय मामिला मन्त्री श्री अजय शंकर नायक समक्ष पेश गरिएको छ । मिति २०७३ भाद्र ३१ गते शुक्रवार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष श्री माधव पौडेलले वार्षिक प्रतिवेदन माननीय मन्त्रीलाई पेश गर्नुभयो । प्रतिवेदन वुझाउँदै अध्यक्ष पौडेलले आयोग आफ्नो क्षमताले भ्याएसम्म संविधान कार्यान्वयन, कानून निर्माण र कानूनको सुधार जस्ता विषयमा जुनसुकै वेला आवश्यक भूमिका निभाउन सक्षम र तयार रहेको वताउनुभयो । वार्षिक प्रतिवेदन वुझ्दै माननीय मन्त्री नायकले आयोगको भूमिकाले संविधान कार्यान्यन, कानून निर्माण लगायत विषयमा सरकारका काम कारवाहीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वहाँले वार्षिक प्रतिवेदनमा उल्लेख भएका विषयको सम्वोधनका लागि आवश्यक भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दै आयोगका काम कारवाही आगामी दिनमा थप प्रभावकारी हुने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा आयोगका ‍उपाध्यक्ष श्री भेषराज शर्मा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव श्री टेकप्रसाद ढुंगाना, आयोगका सदस्यहरु श्री दुर्गा प्रसाद अर्याल, श्री वलवहादुर राई, श्री विजया लक्ष्मी अर्याल, आयोगका निमित्त सचिव श्री इन्दिरा दाहाल लगायत आयोगका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।